एसीसी प्रिमियर कपः तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै

एसीसी प्रिमियर कपः तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेल नेपाली समयअनुसार अपरान्ह्र सवा चार बजेदेखि सुरु हुनेछ।

शुक्रबार सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित नेपालले आज तेस्रो स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरबलाई ६ विकेटले हराउँदै सेमिफाइनल पुगेको थियो।

यूएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हरायो। तर, ओमानसँग ९ विकेटको पराजय सामना गरेको युईले सेमिफाइनलमा नेपाललाई पराजित गरि फाइनलमा पुग्यो।

गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको नेपालले यो पटक समूह चरणका सबै खेल जितेर पनि सेमिफाइनलमा यूएईसँगै स्तब्ध बन्यो। शुक्रबार सेमिफाइनलको हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावनाको ढोका बन्द भएको छ।

यस्तै, शुक्रबार राति खेलिएको अर्को सेमिफाइनलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै युएईसँगको भेट पक्का गरेको हो। आइतबार ओमान र यूएईबीच फाइनल खेल हुनेछ।

Logo