नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

केन्द्रबिन्दु
42
Shares

नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि हङकङलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन जोडेको हो ।

सेमिफाइनल खेलमा युएईसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिसकेको साविक विजेता नेपालका लागि आज पनि शिर्ष क्रम चल्न सकेन । खराब लयबाट गुज्रिएका ओपनर कुशल भुर्तेल आज पनि शून्यमै फर्किए । युएईसँग शून्यमै आउट भएका उनी आज पनि २ बल खेल्दै शून्यमै फर्किएका हुन् ।

साथै साथै अर्का ओपनर ५ रनमा पवेलियन फर्किँदा त्यसपछि क्रिज सम्हालन् आएका सोमपाल कामी १२ र कप्तान रोहित २१ रनमा आउट भए । सन्दीप जोरा पनि २२ रनमै आउट भए । कुशल मल्ल १३ रन तथा गुलसन झा ६ रनमा आउट हुँदा आठौं नंबरमा मैदान छिरेका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले राम्रो फिनिसिङ गरे । २९ बल खेलेका उनी ४ चौका र ३ छक्काको मदतमा ४४ रन जोडे ।

हङकङका आयुष शुक्लाले ३ विकेट लिए ।

Logo