एसीसी प्रिमियर कपः उपाधिका लागि आज यूएई र ओमान भिड्दै

एसीसी प्रिमियर कपः उपाधिका लागि आज यूएई र ओमान भिड्दै

केन्द्रबिन्दु
98
Shares

एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज यूएई र घरेलु टोली ओमान खेल्दैछन् । खेल दिउँसो सवा ४ बजे ओमानको अल अमेरातमा शुरु हुनेछ ।

अस्ति शुक्रवार भएको सेमिफाइनलमा नेपाललाई छ विकेटले हराउँदै यूएई र हङकङलाई ५ विकेटले हराउँदै ओमान फाइनलमा पुगेका हुन् । यो प्रतियोगिताको विजेता टोलीले एशिया कप क्रिकेट खेल्न पाउनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा हुनेछ ।

नेपाल एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि हिजो भएको खेलमा हङकङसँग चार विकेटले पराजित भयो । हङकङसँग पराजित भएसँगै नेपालको एसीसी इमर्जिङ टीम्स एशिया कपको यात्रा पनि टुङ्गिएको छ । हङकङ इमर्जिङ कपका लागि छनोट भएको छ । प्रिमियर कपका विजेता र उपविजेतासँगै तेस्रो हुने टोलीले इमर्जिङ कप खेल्न पाउनेछन् । 

Logo