कप्तान मोहम्मद वासिमको महत्वपूर्ण शतकमा यूएईले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि भिडन्तमा घरेलु टोली ओमानलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
अल अमेरत स्थिति ओमान क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै २०४ रन जोडेको हो । यूएईका लागि कप्तान वासिमले ५६ बलमै ७ छक्का र ५ चौकाको मदतमा १०० रनको इनिङ खेले ।
साथै आशिफ खानले १६ बलमै ३८ रन जोडे । ओपनर अलिसान शारफूले ३४ रन तथा विष्णु सुकुमारनले १८ रन जोडे ।
शुक्रवार भएको सेमिफाइनलमा नेपाललाई छ विकेटले हराउँदै यूएई र हङकङलाई ५ विकेटले हराउँदै ओमान फाइनलमा पुगेका हुन् । यो प्रतियोगिताको विजेता टोलीले एशिया कप क्रिकेट खेल्न पाउनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा हुनेछ ।





























प्रतिक्रिया