प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने

प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानले वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

ललितपुर जिल्लाको महाङ्काल गाँउपालिकाले आयोजना गर्ने प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नको लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरु गठन गरिएको छ र समितिहरुले द्रुत गतिमा तयारी गरिरहेको संयोजक डोल्मा माया गोलेले बताइन।

जिल्ला तहमा ललितपुर जिल्ला खेलकुद विकास समितिले समन्वय तथा सहजीकरणको गरिरहेको, पालिका स्तरमा नेकपा माओवादी केन्द्र तथा अन्य संघसंस्थाले तयारीको काम अगाडि बढाइरहेको उनले जानकारी दिइन।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको छ। त्यसैगरि नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ।

प्रतियोगितामा प्रदेशभरका १ सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ। प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रहेको छ भने प्रतियोगिताको विजेतालाई तीन लाख रुपैंयाँ, उपविजेतालाई दुई लाख तथा तृतीय हुने २ टिमलाई १/१ लाख रुपैंयाँ प्रदान गरिने छ। साथै, उत्कृष्ट प्रशिक्षक र खेलाडी पाँच जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार रहेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य सन्तु दराई परवानले जानकारी दिए।

वैशाख १५ गतेसम्म टिम दर्ताको लागि समय निर्धारण गरिएको छ। टिम दर्ताका लागि १५ हजार रुपैंयाँ रकम राखिएको छ। प्रतियोगिताका क्रममा १ करोड ३९ लाख खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् भने उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेतृत्वलाई सहभागी गराउनका लागि पहल भइरहेको आयोजकको भनाइ छ। प्रतियोगिता महाकाल माविको प्राङ्गणमा हुनेछ।

Logo