वेस्टइन्डिजसँग खेल्ने नेपाली टोलीको घोषणा

वेस्टइन्डिजसँग खेल्ने नेपाली टोलीको घोषणा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले वेस्टइन्डिज ‘ए’सँग खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

बिहीबार क्यानले वेस्टइन्डिज ‘ए’सँग खेल्ने टी-२० शृंखला खेल्ने नेपाली टोलीको घोषणा गरेको हो।

रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

जसमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द रहेका छन्।

वेस्टइन्डिजको टोली बुधबारनै काठमाडौं पुगिसकेको छ। खेल शनिबारदेखि क्रितिपुर मैदानमा हुनेछ।

Logo