भलिबल खेल्नका लागि चन्दा उठाएर बङ्गलादेश गयो नेपाली टिम

भलिबल खेल्नका लागि चन्दा उठाएर बङ्गलादेश गयो नेपाली टिम

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । ११ सदस्यीय नेपाली टिम बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा प्रतिष्पर्धा गर्न गएको छ।

ढाकामा भोलि (वैशाख १४)देखि हुने आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यू–१९ प्रतियोगितामा सहभागी हुन प्रशिक्षकसहितको टिमलाई आज भक्तपुरबाट बिदा गरिएको हो।

ढाका गएका खेलाडीमा सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशि पुलामीमगर र भुवन तामाङ छन्।

टिम म्यानेजर दीपक थापाका अनुसार, प्रशिक्षक उत्सव खड्का र सहायक प्रशिक्षक जनकबहादुर खड्का पनि टिमसँगै गएका छन्।

सरकारी निकायबाट सहयोग नभएपछि सहायता फाउण्डेसनका अध्यक्ष राजु ढु्ङ्गेल, व्यवसायी लक्ष्मण अवाल र थापा आफैँले रकम जुटाएर भलिबल टिमलाई ढाका पठाएको थापाले बताए।

Skip This
Skip This
Logo