काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ।
वेस्ट इन्डिज ‘ए’का कप्तान कादिम एलीनेको अर्धशतकिय पालिमा नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको हो।
टस हारेरे पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रन जोड्यो।
वेस्ट इन्डिज ‘ए’का लागि कप्तान एलीनेले सर्वाधिक ७४ रनको योगदान गरे। उनले २६ बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गरे।
यस्तै, एलिक एथेनाजेले २५ बलमा ४७ रन जोड्दा केसी कार्टीले २६ बलमा ३८ रन जोडे।
नेपालका लागि कमलसिंह ऐरीले खेलको पहिलो ओभरमै विकेट लिएपनि सर्वाधिक महंगा बलर बने। उनले ३ ओभर बलिङ गर्दै ५३ रन खर्चिए।
कमल, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले समान १/१ विकेट लिए।
नेपालले केही समयपछि जवाफी ब्याटीङ् गर्नेछ।





























प्रतिक्रिया