नेपाललाई दोश्रो झट्का, १६ रन जोड्दै आउट भए भुर्तेल

नेपाललाई दोश्रो झट्का, १६ रन जोड्दै आउट भए भुर्तेल

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरूद्ध जवाफी ब्याटिङ थालेको नेपालले दोश्रो विकेट गुमाएको छ।

उनी १२ बलमा १६ रन जोड्दै क्याच आउट हुन पुगे।

यस अगाडि नेपालले ओपनर अनिल शाहलाई गुमाएको थियो। उनी ९ बलमा ५ रन जोड्दै क्याच आउट हुन पुगेका थिए।

टस हारेरे पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ले खेल जित्नका लागि निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको लक्ष्य दिएको छ।

Logo