वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहित पौडेलकाे महत्वपूर्ण अर्धशतक

वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहित पौडेलकाे महत्वपूर्ण अर्धशतक

केन्द्रबिन्दु
98
Shares

नेपालका कप्तान रोहितकुमार पौडेलले टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लय पछ्याउने क्रममा कप्तान रोहितले २७ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे । हाल उनलाई क्रिजमा दीपेन्द्रसिह ऐरीले साथ दिइरहेका छन् ।

हाल १० ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा १०० रन पूरा गरेको छ । यसअघि ओपनर कुशल भुर्तेल १६ रन तथा अर्का ओपनर अनिल साह ५ रनमै पवेलियन फर्किएका थिए । साथै कुशल मल्लको पनि ब्याटिङ चलेन । १५ बल खेलेर १६ रन बनाउँदै आउट भए ।

Logo