१४६ रनमा नेपालको चौथो विकेट पतन

१४६ रनमा नेपालको चौथो विकेट पतन

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरूद्ध जवाफी ब्याटिङ थालेको नेपालको चौथो विकेट पतन भएको छ।

नेपालले दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो। उनी १८ बलमा २४ रन जोड्दै क्याच आउट हुन पुँगे।

ताजा अवस्थामा नेपाल ४ विकेटको क्षतीमा १५.३ ओभर खेल्दै १४६ रनमा रहेको छ।

नेपालले पहिलो विकेटका लागि ओपनर अनिल शाहलाई गुमाएको थियो। उनी ९ बलमा ५ रन जोड्दै क्याच आउट हुन पुगेका थिए।

दोश्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेलपनि १२ बलमा १६ रन जोड्दै क्याच आउट हुन पुँगे।

तेश्रो विकेटका रुपमा कुशल मल्ल १५ बलमा १६ रन जोड्दै रन आउट हुन पुँगे।

टस हारेरे पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको लक्ष्य दिएको छ।

Logo