वेस्ट इन्डिजका कप्तानको विकेट लिए भुर्तेलले

वेस्ट इन्डिजका कप्तानको विकेट लिए भुर्तेलले

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपालविरूद्ध खेलिरहेको वेस्ट इन्डिज ‘ए’ले तेस्रो विकेट गुमाएको छ।

वेस्ट इन्डिजका कप्तान रोस्टन चेसको विकेट नेपालका लागि कुल भुर्तेलले लिएका हुन्।

वेस्ट इन्डिज ‘ए’ ताजा अवस्थामा ३ विकेट गुमाउँदै १०.० ओभरमा ६४ रनमा खेलिरहेको छ

यस अगाडि सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए। उनले तेस्रो ओभरको दोश्रो र चौथो बलमा विकेट लिएका थिए।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।

हिजो भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ४ विकेटले पराजित भएको थियो।

Logo