भुर्तेललाई दोस्रो सफलता

भुर्तेललाई दोस्रो सफलता

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपालविरूद्ध खेलिरहेको वेस्ट इन्डिज ‘ए’ले चौथो विकेट गुमाएको छ।

यो सँगै कुशल भुर्तेलले दुई विकेट लिएका छन्। उनले अहिले वेस्ट इन्डिजका केसी कार्टीको विकेट लिएका हुन्।

यसअगाडि भुर्तेलले कप्तान रोस्टन चेसको विकेट लिएका थिए।

वेस्ट इन्डिज ‘ए’ ताजा अवस्थामा ४ विकेट गुमाउँदै १३.२ ओभरमा ७९ रनमा खेलिरहेको छ

यस अगाडि सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए। उनले तेस्रो ओभरको दोश्रो र चौथो बलमा विकेट लिएका थिए।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।

हिजो भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ४ विकेटले पराजित भएको थियो।

Logo