वेस्ट इन्डिज ‘ए’विरुद्ध लोकेश ‘रिटायर्ड हर्ट’, कुशल २ रनमै आउट

वेस्ट इन्डिज ‘ए’विरुद्ध लोकेश ‘रिटायर्ड हर्ट’, कुशल २ रनमै आउट

केन्द्रबिन्दु
70
Shares

वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर लोकेश बम घाइते भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनी १२ बलमा १७ रन जोड्दै अविजित रहँदा रिटायर्ड हर्ट भएका हुन् । उनको स्थानमा अहिले अनिल शाह आएका छन् ।

तर, नेपालले पहिलो विकेट पनि गुमाएको छ । ओपनर कुशल भुर्तेल ८ बलमा मात्र २ रन जोडेर आउट भएका हुन् । हाल नेपालले ४ ओभरको खेल सकिँदा २१ रन जोडेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डि ‘ए’ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएकाे थियाे । उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे । साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए ।

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई/दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए । जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

Logo