वील र काेहली चम्किँदा आईपीएलमा बैंगलुरुकाे लगातार दोस्रो जित

वील र काेहली चम्किँदा आईपीएलमा बैंगलुरुकाे लगातार दोस्रो जित

केन्द्रबिन्दु
42
Shares

रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार भएको पहिलो खेलमा बैंगलुरुले गुजरात टाइटन्सलाई ९ विकेटले हराएको हो ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरातले जितका लागि दिएको २०१ रनको लक्ष्य बैंगलुरुले १६ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गरेको हो । यो आईपीएलमा सबैभन्दा कम ओभरमा २०० भन्दा माथिको रेकर्ड भेट्याएको पहिलोपटक हो । बैंगलुरुको जितमा वील ज्याक्सले सानदार शतकीय इनिङ खेले । ४१ बल खेलेका उनले १० छक्का र ५ चौकाको मदतमा १०० रन जोडे । उनले अन्तिम ओभरमा ४ छक्का र एक चौका प्रहार गरेका थिए ।

साथै विराट कोहलीले रन ७० जोडे । ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । कप्तान फाप्दु प्लेसिसले २४ रन जोडे ।

यसअघि बैंगलुरुले टस जितेर पहिले फिल्डिङ गरेको थियो । गुजरातले २० ओभरमा ३ विकेट गुमाउँदै २०० रन बनायो । साई सुदर्शनले ८४ रनको योगदान दिए । शाहरुख खानले ५८ रनको अर्धशतकीय पारी खेले । डेभिड मिलरले २६ रन बनाए ।

बैंगलुरुका लागि मोहम्मद सिराज, ग्लेन म्याक्सवेल र स्वप्निल सिंहले १-१ विकेट लिए ।

यो जितपछि बैंगलुरु १० खेलबाट ६ अंकसहित तालिकाको अन्तिममा छ । यसअघि बैंगलुरुले हैदराबादलाई हराएकाे थियाे । गुजरात भने १० खेलबाट ८ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

Logo