काठमाडौं,
आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड पहिलो खेलमा नै विजयी भएको छ । इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई एक सय चार रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन ३११ रन बनायो । कमजोर सुरुवात गरे पनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । एक रनमा पहिलो विकेट गुमाएको उसका लागि रोय र रुटले दोस्रो विकेटका रुपमा १०६ रनको साझेदारी गरे ।
जसमा रोय ५४ रनमा आउट हुन पुगे । इंग्ल्याण्डका लागि जोय रुटले ५१ रन बनाए भने ओयन मोर्गनले ५७ रन बनाए । मोर्गन र बेन स्टोक्सबीच चौथो विकेटका लागि १०६ रनको साझेदारी भएको थियो । उसको पारीमा जोस बट्लरले १८ रन बनाउँदा मोइन अलीले मात्र तीन रन जोडे । बेन स्टोक्सले ८९ रन बनाए । यस्तै क्रिस वोक्सले १३ रन थपे ।
बलिङतर्फ दक्षिण अफ्रिकाका लागि इमरान ताहिरले २ र लुंगी एनगिडीले ३ विकेट हात पारे । त्यस्तै कागिसो रबाडाले २ विकेट लिए । जवाफमा दक्षिण अफ्रिका ३९ ओभर ५ बलमा २०७ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाले प्रतियोगिताको पहिलो खेलमा नै हार खानु पर्यो ।





























प्रतिक्रिया