आइओएम मिनि ओलम्पिकको दोश्रो संस्करण जेठ १० देखि

आइओएम मिनि ओलम्पिकको दोश्रो संस्करण जेठ १० देखि

केन्द्रबिन्दु
294
Shares

काठमाडौं । आइओएम मिनि ओलम्पिकको दोश्रो संस्करण जेठ १० देखि हुने भएको छ।

आइओएम मिनि ओलम्पिक कमिटी महाराजगञ्ज चिकित्सा क्याम्पसले ‘ह्वेयर प्यासन मिट्स प्रिजर्भेन्स एण्ड च्याम्पियन राइज एभोब’ भन्ने नारासहित खेल महोत्सव गर्न लागेको हो। प्रचार कमिटीका प्रमुख हिमाल आचार्यले आइओएम मिनि ओलम्पिक खेल महोत्सव यो वर्ष जेठ १० गतेदेखि १३ गतेसम्म हुन लागेको जानकारी दिए।

उनका अनुसार महोत्सवअन्तर्गत फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, एथ्लेटिक्स, टेबलटेनिस, चेस, ब्याडमिन्टन, साइक्लिङ र स्वीमिङ गरी १० खेलहरु हुनेछन्।

देशभरका मेडिकल कलेजहरुबाट इच्छुक विद्यार्थीहरुको सहभागिताको अपेक्षा राख्दै आवश्यक व्यवस्था मिलाइएको प्रचार कमिटीका प्रमुख आचार्यले बताए।

Logo