किन राेकियाे नेपाली राष्ट्रिय टोलीको बेलायत उडान ? [भिडियाे]

किन राेकियाे नेपाली राष्ट्रिय टोलीको बेलायत उडान ? [भिडियाे]

केन्द्रबिन्दु
98
Shares

पहिलोपटक इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट नै क्यान्सिल’ भएको छ।

नेपाली टोली मंगलबार बिहान साढे ९ बजे, दिउँसो १ बजे र साँझ ७ बजे फरक फरक फ्लाइटमा बेलायत जाने तयारीमा थिए । तर, भिसा नभएको कारण टोली उड्न नपाएको हो । अखिल नेपाल फुटबल संघ एन्फाले नेपालस्थित बेलायती दूतावाससँग ३५ जनाको भिसा प्रक्रियाका लागि आग्रह गरेको थियो । तर, मंगलबार बिहानसम्म पनि भिसा नआएको हो ।

हाल टोली होटेलमै रहेको छ । भिसा नभएको कारण उडान रद्द भएसँगै अब एन्फाले निकै सास्ती खेप्नुपर्ने देखिन्छ । एक त भिसा नै नआएको समस्या । त्यसमाथि रद्द भएको टिकटमा थप आर्थिक भारसँगै छोटो समयमा नै वैकल्पिक उडान खोज्नुपर्ने अवस्था रहेको छ ।

एन्फाले इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने टोलीको सोमबार बिदाइ गरेको थियो । उक्त कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित रहेका थिए । राजदूत फेनले फुटबल टोलीलाई शुभकामना दिँदै आफूले टोलीलाई पूर्णरूपमा समर्थन गर्ने कुरा व्यक्त गरेका थिए । तर, निर्धारित उडान समयसम्म नेपाली टोलीले भिसा नै पाएन । मंगलबार साँझसम्म कुर्ने एन्फाको भनाई छ ।

किरण चेम्जोङको कप्तानीमा रहेको टोलीमा अभिषेक बराल, विशाल सुनार, छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्दलगायत छन् । प्रमुख रक्षक अनन्त तामाङ भने चोटका कारण बेलायत जाने छैनन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीले ३८ वर्षपछि युरोपमा मैत्रीपूर्ण प्रतिस्पर्धा तथा पहिलो पटक इङ्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्न लागेको हो। अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिखमा दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउने छ। नेपालसँग प्रतिस्पर्धा गर्न लागेको इङ्ल्यान्ड ‘सी’ राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो। दुई देशबीच हुने खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले एन्फा र इङ्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौता गरिसकेको छ। इंग्ल्यान्डमा रहँदा सबै खर्च क्लबले व्यहोर्नेछ ।

मोफसलको गोल्डकप खेलेकै भरमा नेपालले बहराइनमा विश्वकप छनोट खेलेको थियो, जसमा कमजोर प्रदर्शन गर्यो । दुई खेलमा आठ गोलको सामना गरेको थियो । नेपालले बहराइनविरुद्ध एक गोल पनि फर्काउन सकेन । त्यसकारण बेलायत यात्रा नेपालका लागि फलदायी रहने दाबी विश्वास गरिएको छ ।

Skip This
Logo