टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा अष्ट्रेलियाको टोली घोषणा

टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा अष्ट्रेलियाको टोली घोषणा

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । अष्ट्रेलियाले सन् २०२४ को टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। विश्वकपमा टिमले टी–२० अन्तर्राष्ट्रियका पूर्णकालिक कप्तान मिचेल मार्सको कप्तानीमा मैदान उत्रनेछ। भारतमा खेलिरहेको आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरिरहेका धेरै यस्ता खेलाडीले टोलीमा स्थान पाएका छन्।

टोलीमा ट्राभिस हेड र ग्लेन म्याक्सवेल जस्ता स्टार खेलाडीलाई समावेश गरिएको छ। यसबाहेक अष्ट्रेलियाका टेष्ट र एकदिवसीय कप्तान प्याट कमिन्सलाई पनि टोलीमा राखिएको छ। प्याट कमिन्स हाल आईपीएल २०२४ मा सनराइजर्स हैदरावादको नेतृत्व गरिरहेका छन्। रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दा खासै राम्रो प्रदर्शन गर्न नसकेका अलराउन्डर क्यामरुन ग्रीनलाई पनि टोलीमा मौका दिइएको छ।

सन् २०२१ मा भएको टी–२० विश्वकपमा अस्ट्रेलिया च्याम्पियन बनेको थियो। यस्तो अवस्थामा यसपटक पनि अष्ट्रेलिया उपाधि जित्ने प्रबल दावेदार हुनेछ। बोर्डले प्रतियोगिताका लागि टिममा रहेका अधिकांश अनुभवी खेलाडीमा विश्वास व्यक्त गरेको छ। अष्ट्रेलियाले आईपीएल २०२४ मा विस्फोटक इनिङ्स खेलिरहेका ज्याक फ्रेजर म्याकगुर्कलाई टिममा राखेको छैन। म्याकगुर्कको नामलाई लिएर निकै चर्चा भएको थियो। अष्ट्रेलियाले केन्द्रीय सम्झौतामा परेका मार्कस स्टोइनिसलाई मौका दिएको छ।

विश्वकप खेल्ने अस्ट्रेलियाको टोली:
मिचेल मार्स (कप्तान), प्याट कमिन्स, एस्टन आगर, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जाम्पा

Logo