काठमाडौं । नेपालविरूद्ध तेस्रो टी-२० खेलिरहेको वेस्ट इन्डिज ‘ए’लाई पहिलो झट्का लागेको छ।
वेस्ट इन्डिजका एलिक एथेनाजेको १० बलमा १७ रन जोड्दै रन आउट भए।
उनी कमलसिंह ऐरीको बलमा रन आउट हुने पुगे
वेस्ट इन्डिज ‘ए’ ताजा अवस्थामा १ विकेट गुमाउँदै ३.१ ओभरमा २७ रनमा खेलिरहेको छ।
क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।
शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’माथि नेपालले ४ विकेटले जित निकालेको थियो।
यस्तै, आइतबार भएको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग नेपाल १० रनले पराजित भएको थियो।





























प्रतिक्रिया