नेपालविरूद्ध चार्ल्सको आक्रमक शतक, २२८ रनको लक्ष्य

नेपालविरूद्ध चार्ल्सको आक्रमक शतक, २२८ रनको लक्ष्य

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’का ब्याट्सम्यान जोनसन चार्ल्सको आक्रमक शतकीय पारिमा नेपालले २ सय २८ रनको लक्ष्य पाएको छ।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’का लागि ओपनर चार्ल्सले आक्रमक सुरूवात गरे।

उनले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गर्दै अविजित ११९ रन जोडे।

त्यस्तै, आन्द्रे फ्लेचरले ३३ बलमा ५३ रन, एलिक एथेनाजेले १० बलमा १७ रन र फेबियन एलेनले ९ बलमा १९ रन जोडे।

नेपालका लागि करन केसी र सागर ढकालले समान १/१ विकेट लिए।

करनले ४ ओभर बलिङ गर्दै ५४ रन खर्चिदा कमलसिंह ऐरीले पनि ४ ओभरमा ५३ रन खर्चिए।

वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२७ रन जोड्यो।

Logo