अल नासर साउदी किङ कपको फाइनलमा, रोनाल्डोले गरे २ गोल

अल नासर साउदी किङ कपको फाइनलमा, रोनाल्डोले गरे २ गोल

केन्द्रबिन्दु
42
Shares

अल नासर साउदी किङ कपको फाइनल प्रवेश गरेको छ।  गएराति सम्पन्न सेमिफाइनलमा अल नासरले अल खालीजलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो। 

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए। २ खेलको प्रतिबन्धपछि खेलमा फर्किएका रोनाल्डोले दुई गोल गर्दै अल नासरलाई फाइनलमा पुर्‍याए। त्यस्तै अल नासरको लागि तेस्रो गोल साडियो मानेले गरे। अल खालीजका लागि एक गोल फवाज टोराल्सले गरेका थिए।

पहिलो सेमिफाइनलमा अल हिलालले अल इतिहादलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो। किङ कप फुटबलको फाइनल आगामी ३१ मा हुने छ। अल हिलाल किङ कपको डिफेन्डिङ च्याम्पियन समेत हो।

Logo