वेस्ट इन्डिजलाई पहिलो झट्का, प्रतिशले पहिलो बलमै लिए विकेट

वेस्ट इन्डिजलाई पहिलो झट्का, प्रतिशले पहिलो बलमै लिए विकेट

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपालविरूद्ध चौथो टी-२० खेलिरहेको वेस्ट इन्डिज ‘ए’लाई पहिलो झट्का लागेको छ।

वेस्ट इन्डिजका एलिक एथेनाजेको विकेट नेपालका लागि प्रतिश जीसी लिएका हुन्।

उनले दोस्रो ओभरको पहिलो बलमै विकेट लिए।

वेस्ट इन्डिज ‘ए’ ताजा अवस्थामा १ विकेट गुमाउँदै २.१ ओभरमा २७ रनमा खेलिरहेको छ।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।

शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालले ४ विकेटले जित निकाल्दा दोस्रो र तेस्रो खेलमा भने वेस्ट इन्डिज ‘ए’ले जित निकालेको थियो।

Logo