वेस्ट इन्डिज ‘ए’विरुद्ध कुशल भुर्तेलले नै दिलाए तेस्रो विकेट

वेस्ट इन्डिज ‘ए’विरुद्ध कुशल भुर्तेलले नै दिलाए तेस्रो विकेट

केन्द्रबिन्दु
56
Shares

टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालका कुशल भुर्तेलले तेस्रो विकेट दिलाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि भुर्तेलले १० बलमा ४ रन बनाएर केइसी कार्टीलाई आउट गरेका हुन् ।

भुर्तेलले यसअघि १०औं ओभरको अन्तिम बलमा विष्फोटक ब्याटिङ गरेको जोन्सन चाल्र्सलाई आउट गरेका थिए । चाल्र्सले ३० बलमै ६ छक्काको मदतमा ५८ रन जोडे ।

आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ ।

यसअघि भएका तीन खेलमध्ये वेस्ट इन्डिज ‘ए’ले दुई खेल जितेको छ भने नेपाल एउटा खेलमा मात्र विजयी भएको छ । यही वैशाख १५ गते भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको दुई सय पाँच रनको विजयी लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेलेका थिए । उनले एक सय १२ रन बनाउनुका साथै बलिङतर्फ एक विकेट समेत लिएका थिए । यसैगरी वैशाख १६ गते भएको दोस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग मात्र १० रनले पराजित भयो ।

Logo