नेपाललाई २१० रनको लक्ष्य

नेपाललाई २१० रनको लक्ष्य

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपालविरूद्ध चौथो टी-२० खेलिरहेको वेस्ट इन्डिज ‘ए’ले २ सय १० रनको लक्ष्य दिएको छ।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय २०९ रन जोडे्यो।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले शानदार पारि खेले। उनले ५४ बलमा ४ छक्का र ९ चौकाको मद्धतमा अविजित ७२ रन जोडे।

त्यस्तै, वेस्ट इन्डिजका जोनसोन चाल्सले ३० बलमा ५८ रन जोड्दा फेबियन अलेनले ३३ रन जोडे।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट लिए।

शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालले ४ विकेटले जित निकाल्दा दोस्रो र तेस्रो खेलमा भने वेस्ट इन्डिज ‘ए’ले जित निकालेको थियो।

Logo