१५२ रनमा नेपालको छैटौँ विकेट पतन

१५२ रनमा नेपालको छैटौँ विकेट पतन

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरूद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले छैटौँ विकेट गुमाएको छ।

पाँचौ विकेटका रूपमा नेपालले दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो। उनी १४ बलमा १९ रन जोड्दै क्याच आउट भए।

नेपालले यसअगाडि ओपनर आशिफ शेखलाई इनिङको दोस्रो बलमै गुमाउँदा अर्का ओपनर कुशल भुर्तेलले १ रन बनाउँदै क्लिन बोल्ड हुन पुगे।

तेस्रो विकेटका लागि कुशल मल्ल ४ रनमा क्याच आउटहुँदा चौथो विकेटका लागि सन्दीप जोरापनि १९ रन जोड्दै क्याच आउट भए।

यस्तै, पाँचौ विकटकारूपमा कप्तान रोहित पौडेल ४७ बलमा ८२ रन जोड्दै क्याच आउट भए।

नेपाल ताजा अवस्थामा ६ विकेट गुमाउँदै १६.२ ओभरमा १ सय ५२ रनमा खेलिरहेको छ।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ।

शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालले ४ विकेटले जित निकाल्दा दोस्रो र तेस्रो खेल भने वेस्ट इन्डिज ‘ए’ले जितको थियो।

Logo