नेपाल पराजित भएसँगै सिरिजको उपाधि वेष्ट इन्डिजलाई

नेपाल पराजित भएसँगै सिरिजको उपाधि वेष्ट इन्डिजलाई

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपालमा भइरहेको ५ टी-२० सिरिजको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ।

वेस्ट इन्डिज ‘ए’ले एक खेल अगावै सिरिजको उपाधि हात पारेको हो।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै नेपाललाई २ सय १० रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको घरेलु टोली नेपालले १९.५ ओभरमा सम्पूर्ण गुमाउँदै १ सय ८१ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले। पौडेलले ४७ बलमा ८२ रन जोडे।

नेपालले ओपनर आशिफ शेखलाई इनिङको दोस्रो बलमै शू्न्य रनमा गुमाउँदा अर्का ओपनर कुशल भुर्तेललाई १ रनमा क्लिन बोल्डका शिकार भए।

कुशल मल्ल ४ रन, सन्दीप जोरापनि १९ रन,दीपेन्द्रसिंह ऐरी र गुल्शन झा समान १९/१९ रन, सोमपाल कामी १० रन बनाएर आउट भए।

बलिङमा नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट लिए।

शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालले ४ विकेटले जित निकालेको थियो।

आइतबार भएको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसँग १० रनको जित हासिल गरेको थियो।

यस्तै, बुधबार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसँग ७६ रनको जित हासिल गरेको थियो।

पाँचौ तथा अन्तिम खेल शन‍िबार रहेको छ।

Logo