अविनाश बोहराले लिए वेस्ट इन्डिज ‘ए’का कप्तान चेजको विकेट

अविनाश बोहराले लिए वेस्ट इन्डिज ‘ए’का कप्तान चेजको विकेट

केन्द्रबिन्दु
84
Shares

वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालका तीव्र गतिका बलर अविनाश बोहराले महत्वपूर्ण विकेट दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि उनले चौथो विकेटका रुपमा कप्तान रोष्टन चेजलाई ३३ रनमा क्याचआउट गराएका हुन् । १४औं ओभरको तेस्रो बलमा उनले विकेट लिएका हुन् । हाल ४ विकेटको क्षतिमा वेस्ट इन्डिज ‘ए’ ले ११५ रन जोडेको छ ।

यसअघि सागर ढकालले एक्लैले ३ विकेट लिएका थिए । उनले आठौं ओभरको पहिलो बलमा ओपनर जोन्सन चाल्र्सलाई तेस्राे विकेटका रुपमा २४ रनमा आफैंबाट क्याचआउट गराएका थिए । त्यसपछि तेस्रो बलमा मार्क देयाललाई ११ रनमा पनि कप्तान रोहितकुमार पौडेलबाट क्याचआउट गराएका हुन् । यसअघि दोस्रो ओभरको चौथो बलमा पनि ढकालले नै नेपाललाई पहिलो सफलता दिलाएका छन् । उनले ओपनर कादिम एलीनेलाई ११ रनमा कप्तान पौडेलबाटै उत्कृष्ट क्याचआउट गराएका थिए ।

Logo