सन्दीप लामिछाने नेपाल-वेस्ट इन्डिज ‘ए’को खेल हेर्न टीयुमा, समर्थकको हुटिङ

सन्दीप लामिछाने नेपाल-वेस्ट इन्डिज ‘ए’को खेल हेर्न टीयुमा, समर्थकको हुटिङ

केन्द्रबिन्दु
154
Shares

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल हेर्न सन्दीप लामिछाने पनि पुगेका छन् । खेलको मध्यतिर पुगेका उनलाई देख्नेबित्तिकै समर्थकको हुटिङ चलेको थियो ।

सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका छन् । त्यसपछि उनी क्रिकेटबाट टाढा रहेका छन् । उनी आईसीसी टी–२० विश्वकपको टोलीमा समेत समावेश छैनन् । तर, शनिबार विश्वकप खेल्न जाने टोलीको विदाईमा भने पुगेका थिए ।

Logo