काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।
आइतबार सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको १४२ रनको लक्ष्य पछाएको चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।
यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो।
यो जितपछि चेन्नईको १३ खेलमा १४ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। चेन्नईले अब अन्तिम खेल रोयल च्यालेन्जर्स बैंगलोरसँग आगामी शनिबार खेल्ने छ।
त्यसैगरी राजस्थान रोयल्सको भने १२ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।





























प्रतिक्रिया