पहिलो अभ्यास खेलमा विनवार्ड्ससँग नेपाल ४ विकेटले विजयी

पहिलो अभ्यास खेलमा विनवार्ड्ससँग नेपाल ४ विकेटले विजयी

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेल जितेको छ। गएराति सम्पन्न खेल नेपालले ४ विकेटले जितेको हो।

विनवार्ड्सले दिएको १९७ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४२ बलमा ७१ र दीपेन्द्रसिंह ऐरीले २५ बलमा अविजित ५२ रन बनाए। त्यस्तै, सोमपाल कामी ३५ रनमा अविजित रहेका थिए।

यसअघि पहिला ब्याटिङ गरेको विनवार्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।

विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग थप दुई अभ्यास खेल खेल्नेछ। नेपालले अब १६ मेमा दोस्रो र १८ मे मा तेस्रो अभ्यास खेल खेल्ने छ।

Logo