टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा सिटीले टोटनह्याम हटस्परलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो।

सिटीलाई जिताउन एर्लिङ हालन्डले दुवै गोल गरेका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीले ५१ औं मिनेटमा अग्रता लिएको थियो। केभिन डी ब्रुएनाको पासमा हालान्डले गोल गर्दै अग्रता दिलाए। उनले दोस्रो हाफको इन्ज्योरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै सिटीलाई २–० को सहज जित दिलाए।

सिटीले ३७ खेलबाट ८८ अंक बनाएको छ भने दोस्रो स्थाना झरेको आर्सनलले समान खेलबाट ८६ अंक बनाएको छ। पराजित भएको टोटनह्यामले भने ३७ खेलबाट ६३ अंक जोड्दै आफूलाई पाँचौं स्थानमा छ। सिटीको जितसँगै प्रिमियर लिगको उपाधि होड भने रोमाञ्चक बनेको छ।

अब सिटी र आर्सनलले एक एक खेल खेल्न बाँकी रहँदा उपाधि होड रोमाञ्चक मोडमा पुगेको हो। अब १९ तारिखमा आर्सनलले एभर्टनसँग खेल्ने छ। उक्त खेलमा आर्सनल विजयी भएमा सिटीले अन्तिम खेल जित्नै पर्ने छ भने आर्सनल पराजित सिटीले उपाधि जित्ने छ। त्यसैगरी सिटीले अन्तिम खेलमा सोही दिन वेस्टह्यामसँग खेल्ने छ। दुवै टिमको खेल एउटै समयमा रहेको छ।

Logo