दीपेन्द्रसिंह ऐरी अलराउण्डरतर्फ विश्वकै शीर्ष १० मा

दीपेन्द्रसिंह ऐरी अलराउण्डरतर्फ विश्वकै शीर्ष १० मा

केन्द्रबिन्दु
154
Shares

नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउण्डर वरियतातातर्फ एक स्थान सुधार गरेका छन् ।

आईसीसीले सार्वजनिक गरेकाे नयाँ वरियतामा दीपेन्द्रले एक स्थानमाथि उक्लिँदै शीर्ष १० मा अटाएका हुन् । यसअघि उनी ११औं स्थानमा थिए । ब्याटिङतर्फ भने उनी ५०औं स्थानमा छन् ।

यता अलराउण्डरतर्फ नेपालका कप्तान रोहित पौडेल एक स्थान घट्दै ६६औं स्थानमा पुग्दा कुशल मल्ल ३३ औं र गुलशन झा ६१औं स्थानमा यथावत छन् ।

Logo