सन्दीप लामिछानेलाई आजै विश्वकपकाे टाेलीमा समावेश गर्ने क्यानकाे तयारी

सन्दीप लामिछानेलाई आजै विश्वकपकाे टाेलीमा समावेश गर्ने क्यानकाे तयारी

केन्द्रबिन्दु
462
Shares

क्रिकेटर सन्दीप लामिछानेले बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) छलफलमा जुटेकाे छ ।

आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदै गरेकाे आईसीसी टी–२० विश्वकप क्रिकेटकाे टाेलीमा समावेश गर्नेबारे क्यानले बोर्डको बैठक राखेर निर्णय गर्ने तयारी गरेको हाे ।

विश्वकपका लागि रोहितकुमार पौडेलकाे कप्तानीमा रहेकाे १५ सदस्यीय नेपाली टोली अहिले अमेरिका पुगिसकेकाे छ । टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् । सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था कायमै छ ।

Logo