सन्दीप लामिछानेकाे निलम्बन फुकुवा, अब अमेरिका जाने

सन्दीप लामिछानेकाे निलम्बन फुकुवा, अब अमेरिका जाने

केन्द्रबिन्दु
266
Shares

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै बुधबार नै क्यानले सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेको हो ।

‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अदालतबाट पाएको सफाइसँगै क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीपले विश्वकप खेल्न पाउने बाटो खुलेको छ । बलात्कार मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेपछि क्यानले उनलाई खेलबाट निलम्बन गरेको थियो । जिल्लाको फैसलाविरुद्ध पुनरावेदन लिएर उनी उच्च अदालत पुगेका थिए ।

Logo