आइपीएल: पञ्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित

आइपीएल: पञ्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दोस्रो स्थनमा रहेको राजस्थान रोयल्सले लगातार चौथो हार बेहोरेको छ। राजस्थानले प्लेअफमा स्थान पक्का गरेपनि शीर्ष २ मा रहन नसक्ने खतरा पनि बढेको छ। आइपीएलमा कोलकाता नाइटराइडर्सले मात्रै शीर्ष २ मा रहेन पक्का गरेको छ।

अब शीर्ष २ मा रहनका लागि राजस्थानले अन्तिम खेल जित्नु पर्छ। यस्तोमा १८ अंक हुनेछ, तर सनराइजर्स हैदरावादसँग पनि दुई खेल बाँकी रहँदा १८ अंक पुग्ने मौका छ र यसको नेट रनरेट पनि राम्रो छ। यस्तो अवस्थामा शीर्ष २ मा पुग्न राजस्थानले आफ्नो जितसँगै हैदरावादको हारमा भर पर्नु पर्नेछ।

बुधबार राति गुवाहाटीमा भएको खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ। पहिले खेल्दै राजस्थानको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफमा पञ्जाबले १८.५ ओभरमा १४५÷५ रन बनाएर लक्ष्य पुरा गर्यो। यो सिजनमा पञ्जाबको पाँचौं जित हो र टोली १० अंकसहित अंक तालिकाको नवौं स्थानमा पुगेको छ। योसँगै राजस्थान अझै दोस्रो स्थानमा छ तर शीर्ष २ मा रहेको लिग चरणमा पुग्ने उसको आशामा धक्का लागेको छ।

१४५ रनको लक्ष्य पछ्याउँदा पञ्जाब किंग्सको सुरुवात खासै हुन सकेन र ओपनर प्रभसिमरन सिंह पहिलो ओभरमा ६ रन बनाएर ट्रेन्ट बोल्टले आउट भएका थिए। रिले रुसोले केही राम्रा शट खेले तर उनले ठूलो इनिङ्स खेल्न सकेन र १३ बलमा ५ चौका प्रहार गर्दै २२ रन बनाएर ३६ रनमा आउट भए। चालू सिजनमा सबैलाई प्रभावित पारेका शशांक सिंहले निराश बनाए। उनले खाता पनि खोल्न सकेनन। सोही क्रममा जोनी बेयरस्टो पनि आठौं ओभरमा १४ रन बनाएर पभेलियन फर्किए। यसरी पञ्जाब किंग्सको टोलीले ५० रनमै चार महत्वपूर्ण विकेट गुमाएको थियो।

कप्तान साम कुरानले जितेश शर्मासँगै इनिङ्सलाई अगाडि बढाए। दुवैले पाँचौं विकेटका लागि ६३ रनको साझेदारी गर्दै स्कोरलाई १०० भन्दा माथि पुर्याएका थिए। जितेशको आउटसँगै यो साझेदारीको अन्त्य भयो। उनी २२ रनको इनिङ्स खेलेर १६औं ओभरमा आउट भए। करणले ३८ बलमा अर्धशतक पूरा गर्दै ४१ बलमा ६३ रनको अविजित इनिङ खेल्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। इम्प्याक्ट खेलाडी आशुतोष शर्माले पनि अविजित १७ रन बनाए। राजस्थान रोयल्सका आवेश खान र युजवेन्द्र चहलले सर्वाधिक २–२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निकै निराशाजनक ब्याटिङ गरेको थियो। रियान परागबाहेक कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् र त्यही कारण टोलीको स्कोर १५० रन पनि पुग्न सकेन।

परागले ३४ बलमा सर्वाधिक ४८ रन बनाए र चालू सिजनमा ५०० भन्दा बढी रन बनाउने पहिलो अनक्याप ब्याट्सम्यान बने। उनी बाहेक रविचन्द्रन आश्विनले पनि १९ बलमा २८ रनको महत्वपूर्ण इनिङ खेले। पञ्जाब किंग्सका लागि साम कुरनले पनि उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए। हर्षल पटेल र राहुल चाहरले पनि दुई–दुई विकेट हात पारे।

Logo