२०१९ को विश्वकपमा विजेताले कति डलर पुरस्कार पाउँछन् ?

२०१९ को विश्वकपमा विजेताले कति डलर पुरस्कार पाउँछन् ?

केन्द्रबिन्दु
0
Shares

इंग्ल्याण्डमा ३० मेबाट शुरु हुन गईरहेको एकदिवसीय क्रिकेटमा विश्व कपको विजेता टिमले २०१९ मा कति राशीफलको पुरस्कार पाउला ? यो सबैका लागि कौतुहलको विषय हो । आईसीसीले दिएको जानकारी अनुसार यस वर्ष विश्वकप विजेता टिमले ४० लाख डलर (४४ करोड नेपाली रुपैयाँ) पाउने भएको छ ।

आइसीसीले एक कार्यक्रमको आयोजना गर्दै उक्त राशीकोे पुरस्कार रकम विजेताले पाउने घोषणा गरेको हो । त्यस्तै विश्वकप उपविजेता टिमले भने २० लाख डलर पाउने भएको छ । १० टिमको प्रतिस्पर्धा रहने यो विश्वकपमा जम्मा पुरस्कार राशि भने १ करोड डलर रहेको छ । २०१५ मा भएको विश्वकप क्रिकेटमा जम्मा पुरस्कार राशी ८० लाख डलर रहेको थियो ।

यसपटकको विश्वकपमा भने आईसीसीले २० लाख डलर पुरस्कार राशी बढाएर १ करोड डलर पुर्‍याईएको हो । गएको विश्वकपमा १४ देशले विश्वकपमा सहभागी जनाएका थिए । जसमा अष्ट्रेलियाले फाईनलमा न्युजिल्याण्डलाई पराजित गर्दै बाजी आफ्नो पोल्टामा पारेको थियो ।

२०१५ को विश्वकपमा विजेता टिमले ३७ लाख ५० हजार डलर र उपविजेता टिमले १७ लाख १७ लाख ५० हजार डलर प्राप्त गरेका थिए । तर यस वर्ष आईसीसीले पुरस्कार रकम बढाउँदा विजेतालाई ४० लाख डलर र उपविजेतालाई २० लाख डलर दिने निर्णय गरेको हो । त्यस्तै सेमिफाईनलसम्मको यात्रा गर्ने टीमले ८ लाख डलर पाउने छन् ।

उक्त रकमको पुरस्कार राशी पनि गत विश्वकपको भन्दा २ लाख डलर धेरै हो । गत विश्वकपमा आईसीसीले सेमिफाईनलको यात्रा गरेका टीमलाई ६ लाख डलर पुरस्कार राशी दिएको थियो । त्यस्तै आईसीसीले टुर्नामेन्टमा प्रत्येक लिग चरण जित्ने टीमलाई ४० हजार डलर दिने भएको छ ।

लिग चरण सकिँदा ६ टिम प्रतिस्पस्र्धाबाट बाहिरिने छन् । सक्त टिमहरुले पनि १ करोड ११ लाख ७३ हजार रकम प्राप्त गर्नेछन् ।२०१९ को विश्वकप फर्मेट १९९२ मा ९ टिमबीच भएको विश्वकपको जस्तै हुने भएको छ । जसमा सबै टिमले राउण्ड रोबिनको आधारमा प्रत्येक टिमसँग खेल्नुपर्ने हुन्छ । त्यसमध्येबाट उत्कृष्ट ४ टिम सेमिफाईनल चरणमा प्रवेश गर्नेछन् ।

यो विश्वकप क्रिकेट ११ ग्राउण्डमा ४६ दिनसम्म चल्नेछ । यस विश्वकपमा ४५ लिग चरणका खेल, २ सेमिफाईनल र फाईनलसहित ४८ वटा खेल हुनेछन् । यस विश्वकपमा फाइनल चरणको खेल भने लर्डस क्रिकेट मैदानमा १४ जुलाईमा हुने भएको छ ।

Skip This
Skip This
Logo