मैदानमा पानीका बोत्तल फाल्ने दर्शकलाई अब खेल हेर्न प्रतिबन्ध

मैदानमा पानीका बोत्तल फाल्ने दर्शकलाई अब खेल हेर्न प्रतिबन्ध

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । आफ्नो टिमले हारेपछि रन्थनिएर अभद्र व्यवहार प्रदर्शन गरेका दर्शकलाई मैदानमा प्रवेश गर्न प्रतिवन्ध लगाईएको छ ।

दक्षिण कोरियाली फुटबल क्लब इन्चियोन युनाइटेडले हार सहन नसकेर मैदानमा पानीको बोतल फ्याँकेका १२४ जना दर्शकलाई आगामी घरेलु खेलमा उपस्थित हुन प्रतिबन्ध लगाएको छ । ती खेल प्रशंसकहरूले मे ११ मा राजधानी शहरको पश्चिमको इन्चेनको फुटबल स्टेडियममा एफसी सियोलसँग इन्चेनले १ का विरुद्ध २ले पराजित भएपछि पानीका बोतल मैदानभित्र हुर्याएको स्वीकार गरेका थिए । ती दर्शकलाई इन्चेनको घरेलु खेलहरूमा अनिश्चितकालका लागि आउन प्रतिबन्ध लगाइने निर्णय भएको छ । तर उनीहरूले १०० घण्टा स्वयं सेवकको काम गरेमा उनीहरूलाई क्षमा दिन पनि सकिने क्लबले बताएको छ ।

मे ११ मा एफसी सियोलका कप्तान की सुङ–युङलाई बोतलले प्रहार गरिएको थियो । दुवै क्लबका खेलाडीहरूले क्रोधित प्रशंसकहरूलाई रोक्नको लागि व्यर्थ प्रयास गरका थिए । कोरिया प्रोफेशनल फुटबल लिगले पछि इन्चेनलाई २० मिलियन वोन (१४,६६० डलर) जरिवाना लगाएको छ र टोलीलाई पाँच घरेलु खेलका लागि आफ्ना समर्थकहरूको प्रवेश बन्द गर्न आदेश दिएको छ ।

इन्चेनले मे १३ देखि गत आइतबारसम्म आफ्नो गल्ती स्वीकार गर्न चाहने प्रशंसकहरूबाट इमेलहरू स्वीकार गरेको थियो । क्लबले भने कि ती १२४ प्रशंसकहरूले लिग जारी गरेको जरिवाना तिर्न पैसा उठाउनेछन् ।

इन्चेन युनाइटेडले स्वयं–रिपोर्टिङ म्याद पछि समातिएका फ्यानहरू विरुद्ध शुल्कहरू लिने योजना बनाएको छ र उनीहरूको कार्यका कारण क्लबलाई हुने आर्थिक नोक्सानीको लागि क्षतिपूर्ति खोज्नेछ ।

एफसी सियोलका गोलकिपर बेक जोङ–बमलाई आफ्नो टोलीको जितको अत्यधिक उत्सव मनाउँदै भीडलाई उक्साएको भन्दै लिगले जितेको ७० लाख जरिवाना गरिएको छ । एफसी सियोलका समर्थकहरूले बेक सजायको योग्य नभएको तर्क गर्दै गोलकिपरलाई जरिवाना तिर्न पैसा उठाएका थिए ।

Logo