सन्दीप लामिछाने भन्छन्- मेरो सपना पूरा नभएपनि देशको सपना पूरा भएको छ, खुशी छु

सन्दीप लामिछाने भन्छन्- मेरो सपना पूरा नभएपनि देशको सपना पूरा भएको छ, खुशी छु

केन्द्रबिन्दु
57
Shares

अमेरिकाले भिसा नदिएपछि नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभएपनि देशको सपना पूरा भएकोमा खुशी व्यक्त गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत क्रिकेटर लामिछानेले भावुक हुादै यस्तो बताएका हुन् । ‘मेरो सपना पूरा नभएपनि म के कुरामा खुशी छु भने मेरो देशको सपना पूरा भएको छ’ उनले भनेका छन् । उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरेका हुन् ।

अमेरिकामा आज ‘मेमोरियल डे’ परेका कारण काठमाडौँस्थित अमेरिकी दूतावास बन्द भएपछि आज पनि सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएको छ । हरेक वर्षको मे २७ तारिखका दिन अमेरिकी सेनामा कार्यरतहरूले जीवन आहुति गरेको दिनको रूपमा मेमोरियल डे मनाइने भएकाले सबै देशका कूटनीतिक नियोगहरूमा सार्वजनिक बिदा दिइने गरिन्छ । सोहीअनुसार आज काठमाडौँस्थित अमेरिकी दूतावासमा पनि सार्वजनिक बिदा भएकाले सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएको हो । यसअघि अमेरिकी दूतावास शनिबार र आइतवार विदा हुने भएकाले नयाँ जे जति प्रक्रिया अघि बढाउने विषय सबै रोकिएको थियो ।

तर, आज सार्वजनिक बिदा परेकाले दूतावासले छलफल गर्नका लागि मंगलबारलाई समय तय हुन सक्ने सङ्केत गरेका छन् । मेमोरियल डेको उपलक्ष्यमा आज अमेरिकी दूतावासमा बिदा भए पनि मंगलबार नेपालको गणतन्त्र दिवस परेको छ । यसले पनि नेपाल सरकारका सरकारी निकायहरू मंगलबार बिदा हुँदा झन् भिसा प्रक्रियामा अप्ठेरो पार्ने सम्भावना रहेको छ । वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि अमेरिका जाने तयारीस्वरुप भिसाको प्रक्रिया अघि बढाएका सन्दीपले पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः अघि बढाएका छन् । तर अहिलेसम्म सरकारले कूटनीतिक नोट नै जारी नगरेकाले सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकप गुमाउने खतरा झन् झन् बढ्दै गएको छ ।

Logo