दिपेन्द्रसिंह ऐरीलाई फिचर गरिएकाे टि२० विश्वकपकाे गीत रिलिज [भिडियाे]

दिपेन्द्रसिंह ऐरीलाई फिचर गरिएकाे टि२० विश्वकपकाे गीत रिलिज [भिडियाे]

केन्द्रबिन्दु
238
Shares

नेपालले एक दशकपछि फेरि आईसीसी टि२० विश्वकप क्रिकेट खेल्दै छ । जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा विश्वभरका क्रिकेट प्रेमीहरूकाे ध्यान गइरहँदा नेपालका क्रिकेटका रेकर्डधारी चर्चित अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई फिचर गरेर प्राेमाेसनल क्रिकेट एन्थम रिलिज भएकाे छ ।

नेपाली क्रिकेटकाे हिजाे, आज र भाेलि, सचित्र भिडियाेमा हेर्न सकिन्छ । तराई पहाड हिमाल सबै ठाउँ पुगेर छायाँकन गरिएकाे गितलाई संचारकर्मि आर के धितालले निर्देशन गरेका हुन् । नेपाली क्रिकेट प्रेमिहरूका लागि याे गीत जितकाे उत्सव हुने उनले दावी गरेका छन् । ग्रेश ईन्टरनेशनलकाे निर्माण रहेकाे गीतमा शंकर स्माईलकाे संगीत, आर के धितालकाे शब्द रचना र देव जंग थापाकाे छायाँकन तथा सम्पादन रहेकाे छ ।

ग्रेश ईन्टरनेशनलले विगत २ दशकदेखि अध्ययन गर्न विदेश जाने विद्यार्थीहरूलाई परामर्श र सहजीकरण गर्दै आएकाे छ । याे वर्ष ग्रेशले युवाहरूकाे वृहत्तर विकासका लागि विभिन्न सामाजिक कार्यहरू गर्ने याेजना सार्वजनिक गरेकाे छ । खेलकुद र विशेषगरी नेपाली क्रिकेटकाे विकासका लागि शहरदेखि गाउँसम्मका विद्यार्थीहरूहरूलाई क्रिकेट खेलकाे आयाेजना, खेल सामाग्री वितरणका साथै राष्ट्रिय खेलाडीहरूसँग अन्तर्किया र अभ्यास म्याचकाे समेत आयाेजना गर्ने याेजना रहेकाे ग्रेशका संस्थापक निर्देशक एन्ड्रयु पाैडेलले जानकारी दिएका छन् । यहि उदेश्य अनुरूप दिपेन्द्र सिंह ऐरीलाई ग्रेशले सद्भावना दुतका रूपमा अनुबन्धन पनि गरिसकेकाे छ ।

Logo