काठमाडौं । स्पेनिस टोली रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। लन्डनको वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमण्डलाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो।
रियलका लागि ड्यानी कार्भाजालले खेलको ७४ औं र भिनिसियस जुनियरले ८३ औं मिनेटमा गोल गरे। रियलको यो कीर्तिमानी १५ औं च्याम्पियन्स लिग उपाधि हो।
डर्टमण्ड सन् १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ। पछिल्लो पटक डर्टमण्ड सन् २०१३ मा च्याम्पियन्स लिगको फाइनल पुगेको थियो।
रियलका म्यानेजर कार्लो एन्चेलोटीले प्रशिक्षकका रुपमा च्याम्पियन्स लिगको उपाधि जितेको यो रेकर्ड पाँचौँ पटक थियो। त्यस्तै, टोनी क्रुस, कार्भाहाल, नाचो र लुका मोड्रिचले पनि कीर्तिमान बराबरी गर्दै छैटौँ पटक उपाधि जित्न सफल भएका छन्।





























प्रतिक्रिया