विश्वकप टी-२०: अमेरिकालाई १९५ रनको लक्ष्य

विश्वकप टी-२०: अमेरिकालाई १९५ रनको लक्ष्य

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । आइसिसी टि-२० विश्वकपअन्तर्गत आज भएको उद्घाटन खेलमा क्यानडाले अमेरिकालाई १ सय ९५ रनको लक्ष्य दिएको छ।

आज बिहान अमेरिकास्थित् डल्लासको ग्रान्ड प्रेरी रंगशालामा भएको उद्घाटन खेलमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ् गर्ने निर्णय गरेको थियो।

पहिला ब्याटिङ् गर्दै क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ रन जोड्यो।

क्यानडाकालागि ओपनर नवनीत धालिवालले ३६ बलमा ५० रन पुरा गरे। यो टी-२० विश्वकप २०२४ को पहिलो अर्धशतक हो। ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए।

यस्तै, क्यानडाकै निकोलस किर्टनले २९ बलमा अर्धशतक बनाए। उनले ५० रन पूरा गर्न तीन चौका र दुई छक्का प्रहार गरे।

Logo