टी-२० विश्वकप: श्रीलंकामाथि दक्षिण अफ्रिका ६ विकेटले विजयी

टी-२० विश्वकप: श्रीलंकामाथि दक्षिण अफ्रिका ६ विकेटले विजयी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । जारी आइसीसी क्रिकेट विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो।

श्रीलंकाले दिएको केवल ७८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले १९.१ ओभरमा अल आउट हुँदै ७७ रन मात्र बनाएको थियो। श्रीलंकाका लागि कुसल मेन्डिसले सर्वाधिका १९ रन बनाए भने एन्जोलो म्याथ्युजले १६ र कामिन्दु मेन्डिसले ११ रन बनाएका थिए।

श्रीलंकाले टी-२० विश्वकपमा बनाएको यो अहिलेसम्मको सबैभन्दा कम रन हो।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर एनरीच नोकियाले सर्वाधिका ४ विकेट लिएका थिए। उनले ४ ओभरमा केवल ७ रन दिएर ४ विकेट लिएका थिए।

समूह डी मा रहेको दक्षिण अफ्रिकाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ।

अब दक्षिण अफ्रिकाले अर्को खेल जुन ८ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने सोहि दिन श्रीलंकाले बंगलादेशको सामना गर्ने छ।

Logo