१२५ रनको लक्ष्य पछ्याएको बंगलादेशले दुई विकेट गुमायो

१२५ रनको लक्ष्य पछ्याएको बंगलादेशले दुई विकेट गुमायो

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले बंगलादेशलाई १२५ रनको लक्ष्य दिएको छ।

नेपालपनि रहेको समूह ‘डी’ को खेलमा दुवै टिम आज पहिलो जितको खोजिमा छन्। श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने बंगलादेशले विश्वकपको पहिलो खेल खेल्दै छ।

डालसमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको हो। खराब सुरुआत गरेको श्रीलंकाका लागि पथुम निसनकाले सर्वाधिक ४७ रन बनाउँदा धनञ्जय डी सिल्भाले २१ तथा चरिथा असंलंकाले १९ रन बनाए। यस्तै, एन्जेलो म्याथ्युजले १६ रन जोड्दा कुशल मेन्डिसको ब्याटबाट १० रन बनेको छ। चार खेलाडीले खाता पनि खोल्न सकेनन्। बंगलादेशका रिसद होसेन र मुस्तफिजुर रहेमानले तीन तीन विकेट लिँदा तक्सिन अहमेदले २ विकेट हात पारे। तन्जिम हसन सकिबको नाउँमा एक विकेट रह्यो।

१२५ रनको लक्ष्य पछ्याएको बंगलादेशको जारी खेलमा ५ ओभरको खेल सकिँदा २ विकेट गुमाएर २८ रन बनाएर खेलिरहेको छ।

Logo