विश्वकप खेल्न सन्दीप वेस्ट इन्डिजमा, भन्छन्: चतुर सर र पारस दाईको छवि धड्किएको देखेर म निराश छु

विश्वकप खेल्न सन्दीप वेस्ट इन्डिजमा, भन्छन्: चतुर सर र पारस दाईको छवि धड्किएको देखेर म निराश छु

केन्द्रबिन्दु
406
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन्।

सो को जानकारी नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै दिए लगत्तै स्वयं लामिछानेलेपनि समाजिक सञ्जालमार्फत दिएका छन्।

उनले अमेरिकाको भिसा प्रकियाको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै दुर्भाग्यवश त्यताको भिषा नलागेपनि नेपालको अन्तिम दुई खेलका लागि वेस्ट इन्डिज आइपुगेको बताएका छन्।

आफ्नो वेस्ट इन्डिजको यात्रालाई सम्भव गराउन क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्, उनका अधिवक्ता सरोज के घिमिरे, विनोद दास, प्रबल गौतम र बालकृष्ण लामिछानेलाई धन्यवाद दिँदै आइसीसीका साथै सबै सम्बन्धित आधिकारिक नेटवर्कहरूसँगको समन्वयमा आफूलाई टी-२० विश्वकपमा भाग लिन सम्भव भएको उनले बताएका छन्।

यस्तै, उनले लेखेका छन्, ‘अध्यक्ष चतुर सर र पारस दाई जस्ता महत्वपूर्ण व्यक्तित्वहरूको जानाजानी छवि धड्किएको देखेर म निराश छु, जसले मेरो पुनरागमनलाई सम्भव बनायो। कृपया मेरो भिसासम्बन्धि सबै झूटा प्रचारको पछि नलाग्नुहोस् जुन मानिसहरूले क्यान र नेपाल क्रिकेटको छविलाई कलंकित गर्न प्रयोग गरिरहेका छन्।’

नेपालले टी-२० विश्वकपका अन्तिम दुइ खेल वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्दैछ।

Logo