ओमान बन्यो टी-२० विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो देश

ओमान बन्यो टी-२० विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो देश

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । ओमान आइसीसी टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

गएराती सम्पन्न खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएसँगै ओमान विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो देश बनेको हो।

ओमानले दिएको १५१ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १३.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यस अघि ओमानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो।

योसँगै ओमानले यस विश्वकपमा लगातार तेस्रो हार बेहोरेको छ र विश्वकपबाट बाहिरिएको छ। अब समूह चरणको अन्तिम खेलमा ओमानले जुन १४ मा इङल्याण्डसँग खेल्ने छ।

त्यस्तै समूह बी मा स्कटल्याण्डले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ। स्कटल्याण्डले इङल्याण्डविरुद्धको पहिलो खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको थियो। अब तीन खेलपछि ५ अंक भएको छ भने समूह बी मा शिर्ष स्थानमा रहेको छ। अब स्कटल्याण्डले आफ्नो अन्तिम खेल जुन १६ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ।

Logo