प्रतिशकी आमाको प्रश्न- सन्दीपकाे कमब्याकमा खुशी छु, तर स्पिनरले कसरी गरे सब्सिच्युट ?

प्रतिशकी आमाको प्रश्न- सन्दीपकाे कमब्याकमा खुशी छु, तर स्पिनरले कसरी गरे सब्सिच्युट ?

केन्द्रबिन्दु
238
Shares

सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको १५ सदस्यीय नेपाली टोलीमा समावेश भएपछि वैकल्पिकमा परेका प्रतिश जिसीकी आमाले एक भावुक स्टाटस लेखेकी छन् । अमेरिकामा रहँदै आएकी प्रतिशकी आमा प्रतिभा जिसीले सन्दीप टोलीमा फर्किँदा आफू खुशी भएता पनि आफ्नो छोरा बाहिरिएको समाचार सुन्दा मन भारी भएको बताएकी हुन् ।

प्रतिभा बुधबार बिहान अमेरिकाकाे फ्लोरिडामा हुन गइरहेको नेपाल र श्रीलंकाको खेल हेर्न जाँदै थिइन् । सन्दीपको कमब्याकले खुशी पनि थिइन् । तर, उनले ढिला समाचार सुनिन् । प्रतिशले पनि केही भनेका थिएनन्। छाेरा प्रतिश वैकल्पिक खेलाडीको रुपमा रहने जानकारी पाएपछि मन भारी भएको उनले टिप्पणी गरेकी हुन् ।

उनले एउटा गम्भिर प्रश्न उठाएकी छन्,‘मैले नबुझेको पनि हुनसक्छु, मनमा लागेको कुरा चाहिँ स्पिनर बलरको सब्सिच्युट लेफ्ट आम मिडियम फास्ट बलर कसरी हुन्छ ? त्यो चाहिँ बुँझ्न सकिन ।’ प्रतिश नेपालका एकमात्र लेफ्ट आर्म मिडियम फास्ट बलर हुन् । यति भन्दै प्रतिशकी आमा प्रतिभाले सन्दीपको खुलेरै प्रशंसा गरेकी छन् । यहाँ मेरो छोरो तेरो छोरो भन्दा पनि सबै खेलाडी हरु हाम्रै छोरा हुन्, यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्ने उनले बताएकी छन् ।

‘जुन खेलाडी टिममा भएपनि नेपालको लागि राम्रो खेल्ने खेलाडी टिममा हुनुपर्छ। हामी देशले जितेको हेर्न चाहन्छौँ। सन्दिप टिममा पुनरागमन हुँदा एकदमै खुशी छु । नेपाल क्रिकेट टिम एउटा परिवार हो यहाँ दाइ र भाइ जो खेले पनि देशकै लागि खेल्ने हो।’उनले भनेकी छन् । उनले सन्दीपलाई शुभकामना समेत दिएकी छन् ।

भिसा नदिँदा अमेरिका जान नपाएका सन्दीप वेस्टइन्डिज हुने दक्षिण अफ्रिका र वंगलादेशसँग प्रतिस्पर्धामा भने समावेश हुने भएका छन् । उनी वेस्टइन्डिज पुगिसकेका छन् । वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग तालिका छ । प्रतिश जिसी भने पहिलो खेल नेदरल्याण्डविरुद्धको खेलमा थिएनन् । जुन खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । उनले अब भोलि बिहान हुने श्रीलंकाविरुद्धको खेलमा के गर्छन् त्यो पनि निश्चित छैन । उनी ट्राभलिङ रिजर्भमा भएपनि नेपाली टोलीसँगै हुनेछन् । टीममा कुनै सदस्य घाइते भएमा भने उनी खेल्न पाउनेछन् ।

Logo