काठमाडौं । आईसीसी पुरुष टी २० विश्वकपमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै सुपर ८ मा स्थान सुरक्षित गरेको छ । जारी विश्वकपमा भारतको यो लगातार तेस्रो जित हो ।
टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले खास सुरुवात गर्न सकेन र पावरप्लेमा २ महत्वपूर्ण विकेट गुमाएर १८ रन मात्र बनाएको थियो । अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो । जवाफमा भारतीय टोलीले १८.२ ओभरमा ३ विकेटमो क्षतिमा १११ रन बनाएर खेल जित्यो। भारतीय बलर अर्शदीप सिंह खेलको प्लेयर अफ द म्याच घोषित भए।
इनिङ्सको पहिलो बलमा शायान जहाँगीर खाता नखोल्दै आउट भए भने एन्ड्रियास गौसको ब्याटबाट २ रन आयो । दुवैको नेतृत्व अर्शदीप सिंहले गरेका थिए । पावरप्ले पछि पनि अमेरिकाको इनिङ्स ट्रयाकमा आउन सकेन । नियमित अन्तरालमा विकेट गिर्दै गएका कारण रन रेट बढ्न सकेन । कप्तान आरोन जोन्सले २२ बलमा ११ रनको इनिङ खेले । स्टिभन टेलरले २४ रन र नितिश कुमारले २७ रनको योगदान दिए ।
कोरी एन्डरसनले १२ बलमा १५ रन बनाएर १७ औं ओभरमा ८६ रनमा पुर्याए । हरमित सिंहले जसप्रित बुमराहविरुद्ध छक्का प्रहार गर्दै आफ्नो ब्याटबाट १० रन निकाले । तर, जसदीप सिंह इनिङ्सको अन्तिम बलमा २ रनको व्यक्तिगत स्कोरमा रनआउट भए भने शाडले भान शाल्कविक ११ रन बनाएर अविजित फर्किए । भारतका लागि, अर्शदीप सिंहले चार ओभरमा ९ रन दिएर ४ विकेट लिए । योसँगै हार्दिक पाण्ड्याले २ र अक्षर पटेलले १ विकेट लिए ।





























प्रतिक्रिया