आशिफ ४२ रन जोड्दै आउट

आशिफ ४२ रन जोड्दै आउट

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरूद्ध खेलिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ।

नेपालका लागि ओपनर आशिफ शेख ४२ रन जोड्दै आउट भए।

ताजा अवस्थामा नेपाल १७.३ ओभरमा ५ विकेट गुमाउँदै १०० रनमा रहेको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रनको लक्ष्य नेपाललाई दिएको छ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोड्दै आउट हुँदा कप्तान रोहित पौडेल २ बलमा शून्य रन जोड्दै दोश्रो विकेटका रुपमा पभेलियन फर्के।

तेश्रो विकेटका रूपमा नेपालले अनिल शाहलाई २७ रनमा गुमाएको छ। यस्तै, चौथो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी ६ रन जोड्दै आउट भए।

Logo