कप्तान पौडेललाई दोश्रो सफलता, बंगलादेशको छैटौँ विकेट पतन

कप्तान पौडेललाई दोश्रो सफलता, बंगलादेशको छैटौँ विकेट पतन

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत नेपालसँग खेलिरहेको बंगलादेशलाई छैटौँ झट्का लागेको छ।

नेपालका लागि कप्तान रोहित पौडेलले बंगलादेशका शकिब अल हसनको विकेट लिएका हुन्। उनी बंगलादेशका लागि २१ बलमा १७ रन जोड्दै आउट हुन पुगे।

बंगलादेश ताजा अवस्थामा ११.४ ओभरमा ६ विकेटको क्षतिमा ६१ रनमा खेलिरहेको छ।

यस अगाडि नेपालका लागि सोमपाल कामीले २ विकेट लिँदा कप्तान पौडेल र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका छन्।

Logo